कांग्रेस महाधिवेशन : मतदानस्थलमा मोबाइल बोक्न नपाइने 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको आचारसंहिता सार्वजनिक गरेको छ । बुधबार महाधिवेशन प्रतिनिधि लक्षित गर्दै कांग्रेसले आचारसंहिता सार्वजनिक गरेको हो । केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ६ बुँदे आचारसंहिता सार्वजनिक गरेका हुन् ।

आचारसंहिता अनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सक्नेछन्, लाञ्छना लाग्ने गरी प्रचारप्रसार गर्न पाइने छैन, मर्यादित र अनुशासित हुनुपर्नेछ, पार्टी कार्यालय र महाधिवेशन स्थलको पाँच सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलमा प्रवेश गर्दा मोबाइल फोन बोक्न पाइने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *