कांग्रेसका अर्थदाता सुवर्णशमशेर : यस्तो छ बीपीले सुवर्णसँग रकम मागेको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक हुन् शुवर्णशमशेर । प्रजातन्त्र प्राप्तिपछिका मोहनशमशेर, मातृकाप्रसाद कोइराला हुँदै बीपी कोइरालाको नेतृत्वमा बनेका सरकारका निरन्तर अर्थमन्त्री थिए शुवर्णशमशेर । २०१५ सालको चुनाव गर्न गठित चुनावी सरकारको प्रमुख हुँदा अर्थ मन्त्रालय उनैले सम्हालेका थिए ।

देशको मात्र होइन नेपाली कांग्रेसको ‘अर्थ मन्त्रालय’समेत शुवर्णशमशेरले नै सम्हालेका हुन् । रोचक पक्ष बीपीले नेपाली कांग्रेसको सात सालको क्रान्तिताका मुक्ति सेनाको दस्तालगायतको अन्य खर्च २५ लाख लाग्छ भन्दा सुवर्णशमशेरले त्यसका लागि करोड बढी खर्च लाग्ने भन्दै १ करोड रुपैयाँ दिएका थिए ।

सुवर्णशमशेरले कांग्रेसलाई यस्तो चन्दा कति दिए भन्ने कुनै लिखत छैन । नेपाली कांग्रेसबारे अध्ययन गरेकाहरूले सुवर्णशमशेरलाई दानवीर नेता समेत भनेका छन् । आफ्नो सम्पत्ति र घरजग्गा बेचेर समेत पार्टी काममा र पार्टीका नेता कार्यकर्तालाई सहयोग गर्ने नेताका रूपमा उनी चिनिन्छन् । हुन पनि सिङ्गो कांग्रेस पार्टीको मुख्य श्रोत सुवर्णशमशेर नै थिए ।

यस्तै बीपीकै लागि पनि सुवर्णशमशेरले ठूलो आर्थिक भरथेग गरेका थिए । बीपीले पटपटक आर्थिक सहयोग मागेर सुवर्णशमशेरलाई पत्र समेत लेखेका छन् । उनका नाति हेमाद्रिशमशेरले उपलब्ध गराएका यससम्बन्धी पत्रहरू यज्ञराज आचार्यले पुस्तकमा प्रकाशन गरेका छन् । २०७४ कात्तिक २४ गते प्रकाशन भएको सुवर्ण स्मृति ग्रन्थमा समेत ती पत्रहरू समावेश गरिएका छन् ।

उक्त पुस्तकमा प्रदीप गिरिले पत्रहरू समावेश गरेका छन् । तीनै पत्रहरूमा बीपीले सुवर्णशमशेरलाई पैसा माग्दै २०२७ साल चैत २५ गते (सन १९७१ अप्रिल ७) बुधबारका दिन निर्वासनको समयमा पटनाबाट यस्तै एक पत्र लेखेका थिए ।

यस्तो थियो पत्र :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *