कांग्रेस महाधिवेशन : यस्तो बन्दैछ मञ्च (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट शुरू हुँदैछ । त्यसका लागि कांग्रेसले उद्घाटन मञ्च बनाइरहेको छ । मञ्च व्यवस्थापन समितिकाअनुसार करिब २५ लाखको लागतमा मञ्च तयार हुनेछ ।

संघीय राजधानी काठमाडौँको भृकुटीमण्डपमा हुने कार्यक्रमका लागि प्रवेश द्वारमा ठूलो स्वागत गेट बनाइएको छ । कांग्रेसले काठमाडौँका विभिन्न ठाउँमा पार्टीका करिब १० हजार  झन्डा फहराउने जनाएको छ ।

यसअघि एमालेले दशौं महाधिवेशनको उद्घाटनका लागि ५० लाख रुपैयाँ खर्चेर नारायणी नदी किनारमा भव्य मञ्च बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *