मेयर पराजुलीले वडाध्यक्षलाई दिए कार्यवाहकको जिम्मा

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखको जिम्मेवारी वडाध्यक्षलाई दिइएको छ । मेयर र उपमेयर नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि काठमाडौँ गएपछि वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिइएको हो ।

मेयर भीम पराजुलीले जिम्मेवारीसहितको पत्र वडा नम्बर १४ का वडाध्यक्ष बलदेव यादवलाई दिएका हुन् । कार्यवाहक प्रमुखको रूपमा दिइएको जिम्मेवारी पत्रमा भनिएको छ, ‘म आफ्नो काम विशेषले बाहिर जानुपर्ने भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को ४ (१२० बमोजिम मंसिर २१ गतेदेखि फर्की नआउँदासम्म कार्यवाहक प्रमुख भई काम काज गर्नुहुन अनुरोध छ ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को ४ (१२) मा सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने कानुनी व्यवस्था छ । मेयर पराजुलीले दिएको जिम्मेवारीमा जाने समय उल्लेख भए पनि फर्किने समय उल्लेख गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *