मुख्यमन्त्री शाहीद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा
२०७८ मंसिर २१ गते

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुन् । उनले कर्णालीबाट पनि पार्टीको नेतृत्वदायी भूमिका पाए कुशलतापूर्वक निर्वाह गर्न सकिन्छ भन्ने हेतुले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
२०७८ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित








