कांग्रेस लुम्बिनी सभापतिमा पौडेल पक्षका पुन विजयी

काठमाडाैँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुन विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन् ।

पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले ७६७ मत ल्याए । प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुन प्यानलकै निर्वाचित भएका छन् । शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन् ।

उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन् । सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।

प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना शुरू भएको थियो । निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *