बाग्मतीमा जगदीश्वर नरसिंह केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको बाग्मती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीले अग्रता लिएका छन् । हालसम्म गणना भएको मतमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार केसीले अग्रता लिएका हुन् ।

अहिलेसम्म ५०२ मत गणना हुँदा केसीले २५६ र सभापतिका अर्का उम्मेदवार इन्द्रबहादुर बानियाँले २४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै अहिलेसम्म तीन मत बदर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *