पदस्थापनको समय भयो, नतिजा आएन

पोखरा । गण्डकी कांग्रेसमा निर्वाचित पदाधिकारी र सदस्यहरूको पदस्थापन कार्यक्रम आज साँझ ६ बजे राखिएको थियो ।

कार्यक्रम कास्की कांग्रेसको कार्यालयमा आयोजना हुने भनिएको छ । ६ बजिसक्दा उता सदस्यहरूको मतपरिणाम भने अझै आइसकेको छैन ।

नवनिर्वाचित सभापति शुक्रराज शर्माले ६ बजेका लागि सबैलाई निम्तो पठाएका छन् । उता सदस्यहरू भने आफ्नो मतपरिणाम कुरेर बसिरहेका छन् । मतगणना पोखरा उद्योग वाणिज्य संघको सभाहल गैरापाटनमा भइरहेको छ ।

निर्वाचन कमिटीका अनुसार अझै फाइनल रिजल्ट आउन केहीबेर लाग्नेछ । सबै गणना सकिएपनि जोड्न र घोषणा गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *