प्रदेश १ मा गुरुराजकाे अग्रता

विराटनगर । नेपाली कांग्रेसकाे प्रदेश १ सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन् । मतगणनाकाे प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा २०० मत गन्दा सभापतिमा घिमिरेले अग्रता लिएका छन् । उनले १०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी उद्धव थापाले ८३ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा गाेविन्दप्रसाद ढुंगाना ८५, टंकप्रसाद राई ९७, रमेशजंग रायमाझी ८७ र विश्वनाथ रिजालले ८४ मत प्राप्त गरेका छन् । महामन्त्रीमा उमेश थापाले ९६, दिपनकुमार श्रेष्ठले ८९, पदमसुन्दर पालुङ्वाले ८४ र भुपेन्द्र राईले ८९ मत पाएका छन् ।

यसैगरी सहमहान्त्री (महिला)मा प्रमिलाकुमारी गच्छदारले ८७ र सीता कार्कीले ९४ मत पाउदा सहमहामन्त्री (खुल्ला) मा खड्ग फागाेले ११९, राेहितकुमार साहले ७१, विनाेदकुमार बस्नेतले ८२, वीरकाजी राईले ८४ र शुभचन्द्र राईले ७ मत पाएकाे निर्वाचन समितिले जनाएको छ । १४औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस प्रदेश १ मा देउवा-सिटौला र पाैडेल-काेइराला समूह प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *