लुम्बिनीमा पुन पक्षको अग्रता

काठमाडौँ ।  नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अध्यक्षमा अमरसिंह पुनले अग्रता लिइरहेका छन् । हालसम्म गणना भएको मतमा  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार पुनले अग्रता लिएका हुन् ।

सभापतिसहित पदाधिकारीमा पनि पुनको प्यानलले नै अग्रता लिएको मतगणनामा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

३६५ मतको गणना हुँदा पुनले २१६ र प्रतिस्पर्धी भरतकुमार शाहले १४७ मत ल्याएका छन् । शाह देउवा पक्षबाट सभापतिका  उम्मेदवार हुन् ।

यस्तै उपसभापतिमा अष्टभुजा पाठकले २०४, भुवनप्रसाद श्रेष्ठले २०८, राजु खनालले १४७ र सुधाकर पाण्डेले ११८ मत पाएका छन् । यस्तै, महामन्त्रीमा खिमान सिंह रायमाझीले १२३, जन्मजय तिमल्तिनाले १२७, बिक्रम खनालले २१८ र सुरेन्द्रराज आचार्यले २११  मत पाएका छन् । यसैगरी सह-महामन्त्री (महिला)  मा निमा गिरीले १९८, सरिता चौधरीले १३२, सह-महामन्त्री (खुल्ला) मा खगराज पाण्डेले १९१, माया पुनले १४१, लक्ष्मीनारायण साहले १३१ र बिष्णुप्रसाद खनाल मुस्कान ले २१७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *