कांग्रेस सुदूरपश्चिमको सभापतिमा बलायर विजयी

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्व मन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । कुल खसेका १ हजार ३ मध्ये ६८८ मत प्राप्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षमा बलायर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका थिए । मिश्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । यस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६१० र अवस्थीले ५२३ मत पाएका छन् ।

महामन्त्रीमा भने नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन् । शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन् । सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन् ।

सभापति
वीरबहादुर बलायर -६८८(विजयी)
नारायण दत्त मिश्र -२८०

उप सभापति
गोपाल सिंह गुरुङ -२८१
जनकराज चौधरी -६१०(विजयी)
मन बहादुर रावल -२६३
लोकराज अवस्थी -५२३(विजयी)
हिम बहादुर रावल-१२१

महामन्त्री
नरनारायण शाह मनु -६४८(विजयी)
प्रताप गुर्धामी-१३३
मेघराज खड्का -६३५विजयी)
राम बहादुर शाही -३०३

सह महामन्त्री
गोपाल दत्त भट्ट-५२९(विजयी)
चिन्तामणि भट्ट -५३३(विजयी)
नरेन्द्र प्रसाद भट्ट-२१२
पदम राज पन्त -२५४
लक्ष्मण बहादुर शाही – १६४
हर्क बहादुर स्वार-६८

सह महामन्त्री
अम्बिका कुमारी चलाउने-६८६(विजयी)
खिना भण्डारी -२२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *