काँग्रेस बागमतीको सभापतिमा फेरि चुनाव हुने

काठमाडौँ । नेपाली काँग्रेसको बागमती प्रदेशको सभापति चयनका लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणको चुनावमा तीन उम्मेदवार कसैको पनि बहुमत नआएपछि दोस्रो चरणको चुनाव हुने भएको हो ।

निर्वाचन समितिका अनुसार चुनाव आजै हुनेछ । चुनावी मैदानमा रहेका उम्मेदवारहरू इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नल्याएपछि चुनाव दोस्रो चरणमा गएको हो । बानियाँले ९९२ मत ल्याए भने केसीले ८८२ र प्रधानले १९७ मत ल्याए ।

नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५१ प्रतिशत मत आउनुपर्ने हुन्छ । जसअनुसार अब बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *