कांग्रेस अधिवेशन : प्रदेश १ काे मतगणना भोलि

विराटनगर । नेपाली कांग्रेसको प्रदेश पदाधिकारी चयनका लागि भएको मतदान प्रदेश १ मा सकिएको छ । निर्वाचन समितिकाअनुसार १ हजार ८ सय ४ मतदाता रहेकोमा १ हजार ७ सय ५२ जनाले मतदान गरेका हुन् । दिउँसो ३ बजेदेखि सुरु भएको मतदान साँझ ७ बजे सकिएको निर्वाचन अधिकृत थापाले बताए ।

अन्तिम मतदाताको रूपमा सभापतिका उम्मेदवार गुरुराज घिमिरेले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। सभापतिको लागि संस्थापन देउवा–सिटौला समूहबाट झापाका उद्धव थापा र कोइराला–पौडेल समूहबाट मोरङका गुरुराज घिमिरे सभापतिको दौडमा छन् ।

दुई जना उपसभापतिका लागि गोविन्द ढुङ्गाना, विश्वनाथ रिजाल, टंक राई र रमेशजंग रायमाझी प्रतिस्पर्धामा छन् । दुई महामन्त्रीमा दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङा र सहमहामन्त्रीका लागि समावेशी सहित १० जना निर्वाचनको मैदानमा छन् ।

महिला सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, सीता कार्की, अञ्जना ताम्ली, इन्दिरा थापा तथा खुल्ला सहमहामन्त्रीमा मानबहादुर लिम्बु, रोहित साह, सुभचन्द्र राई, विरकाजी राई, विनोदकुमार बस्नेत र खड्गबहादुर फागो उम्मेदवार छन् । मत गणना भोलि बिहान ८ बजेदेखि नेपाली कांग्रेस पार्टी कार्यालयमा हुने प्रचार समितिका सदस्य सचिव लिलाबल्लभ घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *