सभापतिमा हाम्रो उम्मेदवार एउटै हुन्छ : पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिमा एकल उम्मेदवार तय गर्ने दाबी गरेका छन् । गण्डकी प्रदेश नेतृत्व चयनका लागि पोखरामा मतदान गरेपछि पौडेलले भने, ‘यहाँबाट फर्केर गएपछि टुङ्गो लगाउँछौँ । हामीबीचमा सल्लाह जे हुन्छ, त्यही हुन्छ ।’

पौडेलले आफ्नो उम्मेदवारीबारे प्रष्ट केही बोलेनन् । ‘मैले अहिले केही भनेको छैन । हाम्रो उम्मेदवार एउटै हुन्छ । हाम्रो विचार समूहबाट अरू उम्मेदवार हुँदैनन्,’ पौडेलले भने, ‘हाम्रो बीचमा सल्लाह हुन पाएको छैन । सल्लाह गरेपछि सबै थाहा हुन्छ ।’

पौडेल पक्षबाट गण्डकी सभापतिमा ५ आकांक्षी थिए । तीमध्ये कास्कीका २ जनालाई केन्द्रीय सदस्य दिने सहमति भएको पौडेल निकट नेताहरूले बताएका छन् । गण्डकीका आकांक्षीको व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘यहाँका उम्मेदवारलाई समझदारीमा मिलाएर लैजाने हो । यहाँ जसरी मिलेको छ, माथि पनि मिल्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *