कांग्रेस लुम्बिनीमा मतदान सकियो, मतगणना सुरु हुँदै

काठमाडौँ।  नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा पनि निर्वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न मतदानमा  १६३१ मत खसेको छ  । कुल १६७० मतदाता रहेकोमा ३९ जना अनुपस्थित थिए ।

लुम्बिनीमा कार्यसमितिको नेतृत्वका लागि संस्थापनपक्षबाट भरत शाह र संस्थापनइतर पक्षबाट अमरसिंह पुनले उम्मेदवारी दिएका छन् । मतदान कार्य सकिएकोले केही बेरमा मुचुल्का उठाएर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *