कांग्रेस पर्सामा पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि पराजित

वीरगञ्ज । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि निर्वाचनमा पराजय व्यहोरेका छन् । निर्वाचन पराजित हुनेमा पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसददेखि जनप्रतिनिधि रहेका छन् ।

निर्वाचनमा पराजित हुनेमा पार्टीका जिल्लाका पूर्वसभापति एवं पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, जिल्ला सचिव रोशन लामिछाने र वीरगञ्ज महानगरपालिका वडा नं १८ का अध्यक्ष ब्रह्मदेवराउत कुर्मीलगायतका रहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *