कांग्रेस अधिवेशन : उम्मेदवारको नाम छुटेपछि मतदान अझै सुरु भएन

विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को नेतृत्व चयनका लागि हुनुपर्ने निर्वाचन सुरु हुन ढिलाइ भएको छ । मतपत्रमा चार जना उम्मेदवारको नाम छुटेपछि निर्वाचन सुरु हुन ढिलो भएको हो ।

शनिबार बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन तालिका भएपनि सदस्यको उम्मेदवारी नभेटेपछि मतदान सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरु श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा छुटेको हो ।

जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार छन् । पुनः मतपत्र छाप्न थालिएको र मतपत्र तयार भएपछि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । प्रदेश १ मा सभापतिसहितका पदाधिकारी चयन गर्न १ हजार ७ सय मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *