गण्डकीमा ७ जना सदस्य निर्विरोध निर्वाचित, अरु पदमा प्यानलका उम्मेदवार

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत ७ जना निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको मनोनयनका क्रममा अरुको उम्मेदवारी र दावी विरोध नपरेपछि ७ जना सदस्य सर्वसम्मत भएका हुन् । सबैजना जिल्ला तर्फका उम्मेदवार छन् ।

पर्वतबाट रिता राना थापाले उम्मेदवारी फिर्ता लिएपछि मिनाकुमारी केसी सर्वसम्मत निर्वाचित भएकी छिन् । मुस्ताङबाट पुष्पा भट्टचन शेरचन तथा मनाङबाट चिउडे लामा सर्वसम्मत भइन् ।

पहिलो सूची निकाल्दा लामा प्रदेशभित्रका प्रदेश सभाको खुला सदस्यमा मनोनयन दर्ता गराएकी थिइन् । तर पछि सच्याइएको हो ।

प्रत्यक्षतर्फ पनि मनाङका विनोद गुरुङ, तनहुँका लक्ष्मीप्रसाद आचार्य र मुस्ताङका सुवर्णकुमार विष्ट सर्वसम्मत भएका छन् । विनोद गुरुङले पनि खुलामा उम्मेदवारी दिएका थिए ।

अन्य पदमा भने प्यानलकै उम्मेदवार छन् । केही पदमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *