प्रदेश १

देउवा-सिटौलाबीच तालमेल, थापा-घिमिरे आमनेसामने

विराटनगर । नेपाली कांग्रेस प्रदेश नं. १ मा शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षबीच चुनावी तालमेल हुने भएको छ । यही तयारीस्वरूप यहाँ दुई उम्मेदवारले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ भोलि निर्वाचन हुँदैछ ।

चुनावी मैदानमा देउवा–सिटौला पक्षबाट झापाका उद्धब थापाले उम्मेदवारी दर्ता गराएका छन् भने पौडेल–कोइराला पक्षबाट गुरुराज घिमिरे सभापतिको उम्मेदवारी बनेका छन् ।

यस्तैगरी दुईजना उपसभापतिको लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा गोविन्द ढुंगाना, विश्वनाथ रिजाल, टंक राई र रमेशजंग रायमाझी रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ । ढुंगाना र रिजाल पौडेल–कोइराला पक्षबाट उम्मेदवार बनेका हुन् भने राई र रायमाझी देउवा–सिटौला पक्षका हुन् ।

दुई महामन्त्री पदका लागि ४ जनाकै उम्मेदवारी परेको छ । महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गाले मनोयन दर्ता गराएका छन् । पौडेल–कोइराला पक्षबाट थापा र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् भने राई र पालुङ्गा देउवा–सिटौला पक्षका हुन् ।

१ महिला र २ खुल्लासहित ३ जना सहमहामन्त्रीका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ । महिला सहमहामन्त्रीका लागि प्रमिला गच्छदार र सीता कार्कीको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिकाअनुसार खुला सहमहामन्त्रीका लागि अञ्जना ताम्ली, इन्दिरा थापा, मानबहादुर लिम्बु, रोहित साह, शुभचन्द्र राई, वीरकाजी राई, विनोदकुमार बस्नेत र खड्गबहादुर फागोको उम्मेदवारी परेको नेपाली कांग्रेस प्रदेश नं. १ अधिवेशन प्रचार समितिका सदस्य सचिव लिलाबल्लभ घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *