कांग्रेसलाई युग सुहाउँदो बनाउनुपर्ने बेला आयो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई युग सुहाउँदो बनाउनुपर्ने बेला आएको बताएका छन् । प्रदेश १ को महाधिवेशनलाई शुक्रबार बिराटनगरमा संबाेधन गर्दै कोइरालाले प्रतिनिधिहरूलाई अन्तरआत्माको आवाज सुन्न आग्रह गरे ।

कोइरालालेकांग्रेसको नेतृत्वमा पुग्छ भन्दा पनि कस्तो कांग्रेस बनाउने भन्ने योजनासहित आफ्नो अन्तरआत्माको पुकार सुन्न आग्रह गरे। पार्टी गतिशील र उर्जावान बनाउन नेतृत्वमा नयाँ पुस्ता, नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको आवश्यकता रहेको कोइरालाको भनाइ छ ।

कांग्रेसको ईतिहास र संघर्षका गाथा जति बलिदानपूर्ण र गौरवशाली भएपनि पार्टीको वर्तमान अवस्था ठिक नभएको भन्दै कोइरालाले यो महाधिवेशनले युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर दिएकले यसको सदुपयोग गर्नुपर्ने बताए ।
उनले विपीले देशमा संकट भए एक मुठी देशको माटो समाएर निर्णय लिन सुझाएको स्मरण गर्दै सबै प्रतिनधिलाई विवेक पुर्‍याउन आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *