प्रदेश अधिवेशनमा कोइरालाको आक्रोश : ‘सहमतिको नाममा नेतृत्वको बकवास’

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । विराटनगरमा आजबाट सुरु भएको प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने क्रममा कोइरालाले नेतृत्व गर्ने व्यक्तिहरूले सबैलाई चिढ्याएको, बकवास गरेको आरोप लगाए । सधैँ शान्त स्वभावका देखिने कोइरालाले बिहीबार आक्रोशित बनेका हुन् ।

६ वटा अधिवेशन पार गरेर आउँदासम्म महिला, आदिवासी, जनजाति, मधेसी सबै बच्चा बच्चा दुई चिरामा गइसकेको आरोप लगाउँदै कोइरालाले सहमति र सहकार्यको नाममा नेतृत्वले बकवास गरेको उनले आरोप लगाए । नेपाली कांग्रेस प्रदेश १ को सभापतिको रूपमा दाबी प्रस्तुत गरेका उनलाई उम्मेदवार नबनाई संस्थापन इतर समूहले गुरुराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाउने भएपछि कोइराला रिसाएका हुन्।

कोइरालाले सहमति र सहकार्यको नाममा नेतृत्वले पार्टीमा काम गर्नेहरूको उपेक्षा गरेको आरोप लगाए । ‘तल्लो तहदेखि खटेर आएका नेता तथा कार्यकर्ताको भावनामा उपेक्षा गरिएको छ, कोइरालाले भने, क्रियाशील सदस्य वितरणदेखि वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनसम्म ६ वटा अधिवेनशन हुँदासम्म पार्टी पूर्ण रूपमा दुई चिरा भएको छ।’ उनले महाधिवेशनले महिला, जनजाति, अल्पसङ्ख्यकको भावनाको कदर गर्न नसकेको पनि दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *