गण्डकी : कांग्रेस प्रदेश सभापतिमा पौडेल समूहबाट शुक्रराज

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा संस्थापन इतर समूहबाट शुक्रराज शर्मालाई सभापतिमा टिकट दिइएको छ ।

लामो छलफल र सम्वादपछि सबै उम्मेदवारलाई एउटै मञ्चमा राखेर शर्मालाई सभापति बनाउने निर्णय सुनाइएको हो ।

यसैका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत नेताहरू पोखरामा छन् । यहाँ पौडेल समूहबाट ५ नेताले सभापतिमा आकांक्षा देखाएका थिए ।

कास्कीबाटै पूर्वमन्त्री यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेल दावेदार थिए । अन्य पदहरूमा भने अझै उम्मेदवार टुंगो लागेको छैन । संस्थापन पक्षबाट भने अर्जुन जोशीको नेतृत्वमा प्यानल घोषणा भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *