लुम्बिनी प्रदेशमा कांग्रेसको संस्थापनइतर समूहका साझा उम्मेदवार तय

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले लुम्बिनी प्रदेश कार्यसमितिका लागि उम्मेदवारहरू तय गरेको छ । जसअनुसार प्रदेश सभापतिमा रोल्पाका सभापति अमरसिंह पुनलाई उम्मेदवार बनाउने तय भएको एक नेताले जानकारी दिए ।

यस्तै, उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक तय भएका छन् भने महामन्त्रीमा नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य तथा सह महामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र महिलातर्फ प्युठानकी निमा गिरीलाई उम्मेदवार बनाउने तय भएको ती नेताले जानकारी दिए ।

संस्थापनइतर समूहबाट प्रदेश निर्वाचनमा साझा उम्मेदवार तय गर्ने निर्णयसहित लुम्बिनीमा उम्मेदवार छनोट गर्ने जिम्मा दीपक गिरी र चन्द्र भण्डारीलाई दिएको थियो । कांग्रेसको प्रदेश अधिवेशनको आज पार्टी सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवाले गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *