कांग्रेस मोरङको सभापतिमा शेखर पक्षका लिम्बु विजयी

विराटनगर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु निर्वाचित भएका छन् । आइतबार भएको पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि फेरी निर्वाचन गरिएको थियो ।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट लिम्बु विजयी भएका हुन् । १३ औ महाधिवेशनमा देउवा पक्षबाट सभापतिको मैदानमा होमिएका लिम्बु १४ औ महाधिवेशनसम्म आउँदा कोइराला पक्षबाट चुनावी मैदानमा देखिए । १४ औँ महाधिवेशनबाट पनि लिम्बु विजयी भएका हुन् ।

कोइराला पक्षका लिम्बूले १ हजार ९०६ मत पाए भने उनका प्रतिस्पर्धी देउवा समूहका दिलीप गच्छदारले १ हजार ४२५ मत पाएको निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको मतदानमा ३ हजार ३ सय ५६ मत खसेको थियो ।

पराजित पछि सिटौला पक्षको देउवालाई साथ
१४ औँ महाधिवेशन अन्तरगत मोरङको अधिवेशनमा आइतबार ३ हजार ४ सय १४ मत खसेको थियो । आइतबार राती मतगणना हुँदा संस्थापनइतरका लिम्बुले १ हजार ५ सय ४४ मत प्राप्त गरेका थिए भने शेरबहादुर देउवा निकट उम्मेदवार दिलीप गच्छदारले १ हजार १ सय ६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौला पक्षबाट उम्मेदवार भएका यदुकुमार विष्टले ५ सय ६३ मत प्राप्त गरेका थिए ।

पहिलो चरणको निर्वाचनबाट कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो पटक चुनाव भएको हो । आफू पराजित भएपछि विष्टले देउवा पक्षका गच्छदारलाई सघाउन पत्रकार सम्मेलन नै गरेका थिए । विष्टले सोमबार साँझ गरेको पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि साथ दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *