पूर्वप्रहरी महानिरीक्षक बोहरा कांग्रेस महाधिवेशन प्रतिनिधि विजयी

धनगढी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरा महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

उनी खस आर्य कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । उनले ३ सय ४१ मत ल्याए ।

खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी तपेन्द्र खड्काले ४०९ मत ल्याएका छन् । यस्तै जयन्द्र बहादुर स्वाँरले ३६४ र हर्षप्रसाद भट्टले १७९ मत ल्याएर बिजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *