कांग्रेस भक्तपुरको सभापतिमा दोहोरिए दुर्लभ

भक्तपुर । नेपाली कांग्रेसको भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाममा थापाले अष्ट कवेलाई ११३ मतले पराजित गरेका हुन् । थापा यसअघि पनि कवेलाई नै हराउँदै जिल्ला सभापति निर्वाचित भएका थिए ।

उनी सभापति शेरबहादुर देउवा पक्षका हुन् । थापाले ५५५ र कवेले ४४२ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

यस्तै उपसभापतिमा विजेश अवाल र उर्मिला वन, सचिवमा सुशील बस्नेत र राजेश खड्का, सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने विजयी भएका निर्वाचित भएका निर्वाचित समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *