जहाँ देउवा पक्षको समर्थनमा सिटौला पक्षका सभापति बने

पोखरा । बागलुङको मतपरिणाम सार्वजनिक भएको छ । मंगलरबार आएको नतिजाअनुसार बागलुङमा जीत शेरचन विजयी भएका छन् । दोस्रो चरणबाट सभापति बनेका शेरचन केन्द्रमा कृष्ण सिटौला निकट छन् । गण्डकीका ११ जिल्लामध्ये बागलुङमा मात्रै सिटौला पक्षको सभापतिले जितेका हुन् ।

पहिलो चरणको निर्वाचनमा ३ जना प्रतिस्पर्धी रहेकोमा कसैले पनि ५० प्रतिशत कटाउन सकेनन् । पहिलो चरणमा दोस्रो बनेका शेरचनले सभापति शेरबहादुर देउवा निकटका नेता कार्यकर्ताहरूको समेत समर्थनमा १ सय ५ मतको अन्तरले निकटतम प्रतिस्पर्धी जगदिशचन्द्र उपाध्यायलाई पराजित गरेका हुन् । उपाध्याय वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन् ।

शेरचनले ८ सय ७३ मत ल्याउँदा उपाध्यायको पक्षमा ७ सय ६८ मत पर्‍यो । देउवा निकटका द्रोण कुवँर पहिलै चरणबाट पराजित भएका थिए । शेरचनले जितेसँगै कांग्रेसको इतिहासमा पश्चिम बागलुङको प्रतिनिधि पहिलो पटक नेतृत्वमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *