यी हुन् कांंग्रेस गण्डकी प्रदेश सभापतिका ५ आकाङ्क्षी

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकी प्रदेशका सभापतिका लागि आकाङ्क्षीहरू दिनदिनै बढ्दै गएका छन् । हालसम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने थप २ जनाले मंगलबार घोषणा गर्ने तयारी थालेका छन् । जिल्ला अधिवेशन सकिनुभन्दा अघि नै देवराज चालिसेले सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

त्यसपछि कास्कीकै शुक्रराज शर्माले सोमबार पत्रकार सम्मेलन मार्फत नै उम्मेदवारी सार्वजनिक गरे । पूर्व मन्त्री यज्ञबहादुर थापा पनि सचिवालय खोलेर प्रचारमा जुटिसकेका छन् । तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशी पोखरामा आएर भोट माग्न थालिसकेका छन् ।

पौडेलले आइतबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् भने जोशीले मंगलबार घोषणा गर्दै छन् । गण्डकी प्रदेशमा संस्थापन र संस्थापन इतर प्यानल बन्ने निश्चित छ । संस्थापनको प्यानलबाट महामन्त्रीमा मेखलाल श्रेष्ठ, कुमार खड्का, राजराज पन्त लगायतको दाबी छ ।

संस्थापन इतरबाट विष्णुप्रसाद लामिछाने, कृष्ण केसी, दीपकबाबु कँडेल लगायतले दाबी गरेका छन् । यद्यपि प्यानल घोषणा भैसकेको छैन । जोशीले संस्थापन प्यानलको नेतृत्व गर्छन् भने संस्थापन इतरमा धेरै उम्मेदवार भएकोले मिलाउन प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *