कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता पाण्डेले कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।  नेता पाण्डेले पार्टी प्रणालीमा पार्टी नसुध्रिँदासम्म देश नसुध्रिने भन्दै आफूले नेतृत्व सुधार गर्दै पार्टी सुधारको अभियान चलाउने बताए ।

उनले देश विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै पुराना पुस्ताको त्याग, समर्पण र बलिदानको सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा र दृष्टिकोणलाई पनि उचित संयोजन गरेर कांग्रेसलाई शक्तिशाली पार्टी बनाउनुपर्ने धारणा राखे ।

उनले कांग्रेसको सहमहामन्त्री पदमा निर्वाचित भएपछि कांग्रेसलाई सुदृढीकरण गर्दै नेपालको राजनीतिलाई समेत शुद्धीकरण गरेर देश र जनताको अपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उद्देश्य रहेको बताए । यसअघि दुई पटक केन्द्रीय सदस्य भइसकेका पाण्डेले पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *