कांग्रेस मोरङमा सभापतिका लागि फेरि मतदान हुने

विराटनगर । नेपाली कांग्रेस मोरङमा सभापतिका उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नपाउँदा फेरि मतदान हुने भएको छ । नेपाली कांग्रेस मोरङको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा  सभापतिका तिनै जना उम्मेदवारले ५१ प्रतिशत मत नपाउँदा पुन मतदान हुने भएको हो ।

निर्वाचन समितिका अनुसार मतदान गर्ने बारेमा सहमतिको प्रयास भइरहेको छ ।  आज नभए भोलि (मंगलबार) निर्वाचन हुने निर्वाचन समितिका संयोजक केदार कार्कीले बताए ।  मोरङ सभापतिमा डिगबहादुर लिम्बु, यदु विष्ट र दिलीप गच्छदार सभापतिको मैदानमा थिए ।

३ हजार ५८५ जना मतदाता रहेको मोरङ अधिवेशनमा ३ हजार ४१४ जनाले मतदान गरेका थिए । सभापति पदमा ३ हजार ३६० मत खसेको थियो। संस्थापन इतर समूहका उम्मेदवार डिगबहादुर लिम्बुले १ हजार ५४४ मत प्राप्त गरे । शेरबहादुर देउवा निकट उम्मेदवार दिलीप गच्छदारले १ हजार १६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौला पक्षका उम्मेदवार यदुकुमार विष्टले ५६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन परिणामबाट सबैभन्दा धेरै मत ल्याउने र दोस्रो मत हुने प्रतिस्पर्धीका बिचमा पुन निर्वाचन हुने  समितिले जनाएको छ ।  कांग्रेसको विधानमा व्यवस्था भए अनुसार कुनै पनि सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *