पौडेलले आफ्नै जिल्लामा गुमाए सभापति, तनहुँमा आले निर्वाचित

पोखरा । नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी बैकुण्ठ न्यौपानलेलाई १ सय ६४ मतले पराजित गरेका हुन् । आलेले ९ सय ५१ मत पाउँदा न्यौपानेको पक्षमा ७ सय ८३ मत आयो ।

न्यौपानेले दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिएका थिए । न्यौपाने वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने आले सभापति शेरबहादुर देउवा नजिकका हुन् ।

न्यौपानेले जित्ने धेरैको आकलन थियो । तर ओलेले अप्रत्यासित जित निकाले । १ हजार ७ सय ८१ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *