झापामा सिटौला पक्षको प्यानलै विजयी, विश्वप्रकाश पक्ष पराजित

बिराटनगर । नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् । रामबहादुर कट्टेललाई २ सय ५० मतले हराउँदै थेवे जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । थेवे कांग्रेस नेता कृष्णप्रसाद सिटौला र कट्टेल कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पक्षका उम्मेदवार थिए ।

मतदानमा ३ हजार ३ सय ११ मत खसेकोमा थेवेले १७ सय ६५ तथा कट्टेलले १५ सय १५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारीमा थेवेको प्यानल नै निर्वाचित भएको छ । जसमा उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई, सचिवमा नवीन बिमली र कृष्ण हुमागाईं तथा सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारी निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *