प्रधान न्यायाधीश बाहेकको इजलाश गठन गर्न बारको आग्रह
२०७८ मंसिर १० गते

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकको इजलास गठन गर्न आग्रह गरेको छ ।
बारका महासचिव लिलामणि पौडेलले शुक्रबार विज्ञप्ति निकालेर सर्वोच्चमा गोला प्रथाबाट पेशी तोक्ने निर्णय स्वागतयोग्य भएपनि गोलाप्रथाबाट पेशी तोक्दा प्रधान न्यायाधीश राणा बाहेकको इजलास गठन गर्न, प्रधान न्यायाधीश इजलासमा बसेमा अन्य न्यायाधीशहरूलाई बहिस्कार गर्न आग्रह गरेका हुन् ।
यस्तै प्रधान न्यायाधीश रहने इजलासमा बहस पैरवी नगर्न पनि बारले कानुन व्यवसायीलाई आग्रह गरेको छ । बारले प्रधान न्यायाधीश राणाको राजीनामाको माग गर्दै आफ्नो आन्दोलनलाई निरन्तरता दिन र थप आन्दोलनका कार्यक्रम तय गर्न सोमबार बैठक बस्ने जनाएको छ ।
२०७८ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








