कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा रावलद्वारा उम्मेदवारी घोषणा

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पदमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनका लागि रावलले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसले यसअघि स्थानीय चुनावदेखि संघीय चुनावमा पराजित व्यहोरेको र आगामी चुनावमा कांग्रेसलाई एकलौटी जित दिलाउने उद्देश्यका साथ प्रदेश सभापतिका लागि उम्मेदवारी दिएको उनले बताए ।

नेता रावलले पार्टी सभापति शेरबहादुर देउवाकै प्यानलबाट आफ्नो उम्मेदवारी रहेको बताए । उनले सहमतिमा नेतृत्व छान्ने अवस्थामाबाहेक अन्य अवस्थामा उम्मेदवारी फिर्ता नहुने बताएका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य मोहनसिंह राठोरलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *