३० जिल्लामा चुनिए कांग्रेस सभापति, कुन पक्षका कति?

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरु भइरहेका छन् । अहिलेसम्म ३० जिल्लाको परिणाम आएको छ ।

ती जिल्लामा सभापतिसहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लागिसकेको छ । दोस्रो चरणमा १६ जिल्लाको अधिवेशन भएको हो भने १४ हिमाली जिल्लाको अधिवेशन त्यसअघि नै भइसकेको थियो ।

३० जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । देउवा पक्षले १६ जिल्लामा सभापति जितेको छ भने १४ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू जिल्ला सभापतिमा चुनिएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ । कांग्रेसले भोलिसम्म सबै जिल्लाको अधिवेशन सक्ने तयारी गरेको छ ।

कुन जिल्लामा कुन पक्षका चुनिए ?

देउवानिकट सभापतिहरू
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
रामेछाप – कान्छाराम तामाङ
मुगु – ऐनबहादुर शाही
म्याग्दी – खमबीर गर्बुजा
डोटी – नरेन्द्रबहादुर सिंह
डोल्पा– दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
जाजरकोट – बेदराज सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
लमजुङ – टकराज गुरुङ
डडेलधुरा – भीमबहादुर साउद
पाँचथर – रुपनारायण जवेगु
सल्यान – केसबहादुर बिष्ट
मनाङ – शंकर गुरुङ
बझाङ – खडक बोहरा
हुम्ला – मोहनविक्रम सिंह

पौडेल समूहनिकट सभापतिहरू
प्यूठान – विष्णुकुमार गिरी
कालीकोट – अम्मबहादुर शाही
बाजुरा – रामसिंह रावल
अर्घाखाँची – केशव श्रेष्ठ
बैतडी – चतुरबहादुर चन्द
रुकुमपूर्व – केशरमान रोका
रोल्पा –किशोर आचार्य
रुकुम पश्चिम– प्रेमप्रकाश वली
तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे
भोजपुर – विनोद बान्तावा
मुस्ताङ – रोमी गौचन थकाली
संखुवासभा – दीपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने
दोलखा – बर्मा लामा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *