सबैको समर्थन पाउने विश्वास लिएको छु : निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा सबैको समर्थन आफूले पाउने विश्वास लिएको बताएका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित बानेश्वर ब्याङ्क्वेटमा पत्रकार सम्मेलनका क्रममा उनले सभापतिको उम्मेदवारको रुपमा उठेको घोषणा गर्दै यस्तो बताएका हुन् ।

पार्टीका नेताहरू शशांक कोइराला‚ शेखर कोइरालालगायत नेताहरूसँग मिलेर जानेबारे छलफल भइरहेको भन्दै निधिले भने‚ ‘म उम्मेदवार छु‚ रहन्छु । शेरबहादुर देउवाजी लगायत सबैको समर्थन चाहन्छु ।’

पार्टी सभापति देउवासँग आफ्नो लामो समयदेखि आफ्नो छलफल नभएको समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *