डोटी कांग्रेस सभापतिमा सिंह विजयी

डोटी । डोटीको कांग्रेस सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । दोस्रो चरणको मतदानमा सिंहले सभापतिमा जित हात पारेका हुन् ।

दोस्रो चरणमा सिंह ५ सय ६८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी भूमिराज बडूले ३ सय ९७ मत ल्याएर पराजित भए । सिंह १ सय ७१ मतले विजयी भएका हुन् ।

पहिलो चरणमा पाँच जना उम्मेदवारका बीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा सिंहले ३५८, भूमीराज बडुले ३४२, प्रदिप देउवाले २१४, नरबहादुर ढाँटले ९१, टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा ५१ प्रतिशत मत ल्याउनको जित हुने विधानमा उल्लेखित छ । पहिलो मतदानको मत परिणाममा कसैको पनि ५१ प्रतिशत नपुगेपछि पुनः मतदान भएको थियो ।

१ हजार १०७ जना मतदाता रहेको डोटीमा पहिलो चरणको मतदानमा जम्मा १ हजार ८७ मत खसेको थियो । जसमा ४८ मत बदर भएका थिए ।

दोस्रो चरणको मतदानमा भने १ सय कम अर्थात् ९ सय ८७ मत खसेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *