कांग्रेसकाे प्रदेश १ अधिवेशनकाे तयारी तीव्र

विराटनगर ।नेपाली काग्रेस प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनकाे तयारी तीव्र पारेकाे छ । महाधिवेसनकाे सन्दर्भमा विराटनगरमा अयाेजित पत्रकार सम्मेलनमा अधिवेशन आयाेजक प्रचार समितिका संयाेजक राजिव काेइरालाले अधिवेशन बारेमा जानकारी दिँदै १६ गते विराटनगरमा हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाली कांग्रेस प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै काेइरालाले नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका २ शकरपुरमा रहेकाे विराट नर्सिङ हाेमपुर्बकाे खाली जमिनमा उद्घाटन हुने र प्रदेश कार्य समितिको निर्वाचनका सम्पूर्ण कार्यक्रम विराटनगर ९ जहदा रोडमा रहेको सिद्धि पार्टी प्यालेसमा हुने बताए ।

प्रथम अधिवेशनको उद्घाटन केन्द्रीय सदस्य एवम् आयोजक समितिका संयोजक कृष्णाप्रसाद सिटौलाले गर्ने जानकारी दिए ।

१७ सय जनाकाे उपस्थिति रहने प्रदेश अधिवेशनमा आवासलगायत सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरङ जिल्ला समितिले गर्ने बताए ।

अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू सयोजक र भीम पराजुली सह-सयोजकका साथै केन्द्रीय सदस्यहरू अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन भएको छ ।

अधिवेशन गर्न प्रथम अधिवेशनको प्रचारका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजिव कोइराला संयोजक, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला बल्लभ घिमिरे सदस्य सचिव रहेको प्रचार समिति गठन भएको छ ।

समितिको सदस्यमा प्रेस युनियनका प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, निर्वतमान अध्यक्ष कुमार लुइँटेल र अजित झा सदस्य रहेका छन् ।

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७ सयजना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरूका भ्रातृ संस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता रहने नेपाली कांग्रेसले जनाएको छ ।

माेरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले १५ गतेदेखि नै अधिबेशनका लागि आउने, १६ गते उद्घाटन हुने र १७ गते चुनावी प्रक्रियामा जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *