‘महाधिवेशनपछि एमाले फुट्छ’

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दसौँ महाधिवेशनपछि एमाले फुट्ने दाबी गरेका छन् । धनुषाको तिनकोरियामा मंगलबार आयोजित कार्यक्रममा उनले एमालेमा रहेको केपी ओली प्रवृत्ति र बिचौलियाको प्रवेशका कारण महाधिवेशनपछि पार्टी फुट्ने दाबी गरेका हुन् ।

‘केपी ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको छ ।,’ उनले भने, ‘ओलीको स्वेच्छाचारी, मनपरी र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदै छ । त्यसको परिणाम एमालेले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चित छ ।’ समाजमा रहेका विकृति, विसङ्गति तथा भ्रष्टाचारविरुद्ध सजग र सतर्क रहन नेपालले कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्रका नेता रामचन्द्र झासहितलाई नेपालले एकीकृत समाजवादीमा प्रवेश गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *