रामदेवलाई प्रधान मन्त्रीकाे बचन:

‘रामदेव बाबालाई सरकारले जग्गा दिन्छ’

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले भारतीय बाबा रामदेवलाई नेपालमा आयुर्वेद उद्योग खोल्न पूरा साथ दिने बताएका छन् । ‘रामदेव बाबा नेपाललाई मन पराउनु हुन्छ, प्यार गर्नुहुन्छ,’ शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधान मन्त्री देउवाले भने, ‘विश्वभर नै योगबारेमा चेत दिनुभएको छ । सबै ठाउँमा अहिले स्वस्थ हुन योगलाई माध्यम बनाउँछन् । यसमा नेपाल सरकारको पूरापूर साथ दिन्छ उहाँलाई ।’

आयुर्वेदिक साइड इफेक्टबिनाको औषधि भएको उल्लेख गर्दै प्रधान मन्त्री देउवाले भने, ‘बाबाले आयुर्वेदमा रिसर्च गरेर धेरै काम गर्नुभएको छ । नेपालमै आयुर्वेदिक औषधि उत्पादनसहितको काममा सहयोग हुनेछ । उहाँलाई जे जे आवश्यकता हुन्छ, हामी पूरापुर उपलब्ध गराउनेछौँ । आयुर्वेद प्लान्टदेखि परीक्षण सबै सहयोग गर्छौँ ।’

प्रधान मन्त्री देउवाले बाबा रामदेवको अभियान गैरनाफामूलक भएकाले सरकारले सबै सहयोग गर्ने पनि बताए । ‘उहाँलाई पूरा सहयोग हुन्छ,’ प्रधान मन्त्री देउवाले भने, ‘जग्गाको समस्या रहेछ । त्यो पनि सरकारले दिनेछ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *