प्रचण्डकाे नजरमा बाबा रामदेव ‘क्रान्तिकारी’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेवको प्रशंसा गरेका छन् । शुक्रबार मण्डिखाटारमा आयोजित कार्यक्रममा बाबा रामदेवलाई अगाडि मञ्चमा राखेर प्रचण्डले भने, ‘उहाँ (बाबा रामदेव) क्रान्तिकारी हुनुहुँदोरहेछ ।’

आफूलाई शूरूमा बाबा रामदेव बढी रुढीवादी हो कि भन्ने लागेपनि संगत गर्दै जाँदा त्यस्तो नभएको प्रचण्डकाे भनाइ थियाे । ‘शुरू शुरूमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला, अलि बढी परम्परावादी हुनुहुन्छ होला,’ प्रचण्डले भने, ‘तर, छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ ।’

बाबा रामदेवले नेपाली समाजलाई निरोगितातिर लैजाँदै गरेको दाबी गर्दै प्रचण्डले थपे, ‘उहाँले पूरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गर्नुभएको छ । आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गर्नुभएको छ । यो राम्रो हो ।’

यसअघि प्रचण्डलाई भेट्न बाबा रामदेव आफैँ खुमलटार पुगेका थिए । त्यसक्रममा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिमा कसरी क्रान्ति ल्याउन सकिन्छ भनेर छलफल गरेको जानकारी प्रचण्डले गराए । आस्था र पतन्जली टेलिभिजन उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन भन्दै रामदेव र आचार्य बालकृष्ण नेपाल आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *