संवैधानिक आयोगका पदाधिकारीले विज्ञप्ति निकालेर मर्यादाको धज्जी उडाए : भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रधान न्यायाधीशका पक्षमा संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर आफ्नो क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएको बताएका छन् । रावलले सामाजिक सञ्जालमार्फत यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरूबीचको साँठगाँठ कै पर्दाफास भएको पनि टिप्पणी गरेका छन् ।

उनी लेख्छन् , ‘प्रधान न्यायाधीशका सामु इतिहासमै पहिलोपटक न्यायिक नैतिकता र जिम्मेवारी बोधको गम्भीर प्रश्न उठिरहेको बेला यसबारे संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएका छन्,’ उनले भनेका छन्, ‘यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरूबीचको साँठगाँठ कै पर्दाफास भएको छ।’

मंगलबार राष्ट्रिय मानवअधिकार अयोगलगायतका संवैधानिक आयोगका पदाधिकारीहरूले प्रधान न्यायाधीशविरुद्ध भइरहेको घेराबन्दी र अदालत ठप्प पार्ने कार्यको विरोध गर्दै विज्ञप्ति निकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *