जाडो मौसममा बिरुवा र बगैँचा हेरचाह गर्ने तरिका

घर र कोठाभित्र लगाइएका बिरुवाको लागि आवश्यक वातावरणमाथि मानिसको नियन्त्रण हुन्छ । तर यसको अर्थ यो होइन की वर्षैभरि घरभित्र लगाइएका बिरुवाहरूलाई आवश्यक वातावरण तथा मौसम परिवर्तन हुँदैन ।

बगैँचामा काम गर्ने विशेष सोख भएका व्यक्तिहरू, बिरुवा पारखीहरूले बिरुवा नबढ्ने मौसमलाई निष्क्रिय मौसम भन्ने गरेका छन् । बिरुवा सम्बन्धी विशेषज्ञ क्रिस स्याच भन्छन्, ‘चिसो मौसम बिरुवाको लागि प्रतिकुल परिस्थिति भएको मौसम हो । जाडोमा बिरुवा मर्छ नै भन्ने होइन ।’ स्याचले जाडोमा घरभित्रका बिरुवाको हेरचाहका लागि केही सुझाव दिएका छन् ।

घरको परिसरमा भएका बिरुवालाई घरभित्र राख्ने
केही घरभित्र लगाइने बिरुवाहरूलाई वसन्त र गर्मी मौसममा उच्च ओस भएको ठाउँमा घर बाहिर राख्नुपर्ने हुन्छ । तर जाडो मौसममा भने बिरुवालाई त्यसरी घर बाहिर राख्दा बाच्नको लागि गाह्रो हुन्छ । गमलामा रोपेको बिरुवालाई सजिलै घरभित्र लैजान सकिने भएकाले जाडोबाट सकेसम्म जोगाउनुपर्छ । रातको तापक्रम ५० देखि ५५ डिग्री फरेनहाइटमा पुग्नु अघि नै बिरुवालाई घरभित्र सारिसक्नुपर्छ । यदि तापक्रम घटेर ४० डिग्री फरेनहाइटमा पुग्यो भने बिरुवा ‘मस’ मा परिवर्तन हुन्छ । बिरुवालाई घरभित्र सारेपछि त्यसको रेका पात र हाँगाहरू काटेर फालिदिनुपर्छ । त्यसो गरेमा अरू नयाँ पात र काण्ड बढ्नको लागि इनर्जी पुग्छ ।

बिरुवा रोग सङ्क्रमित छन् वा छैनन् जाँच गर्ने
वसन्त र गर्मी मौसममा बाहिर निकालिएको कुनै पनि बिरुवालाई घरभित्र लैजानु अघि त्यसलाई राम्रोसँग चेक जाँच गर्नुपर्छ । यदि त्यसमा कुनै प्रकारको रोग र किराको सङ्क्रमण छैन भने मात्रै घर भित्र लैजानुपर्छ । यदि बिरुवामा स्पाईडर माइट्स, मेलीबग्स लगायतका किराहरूले सङ्क्रमण गरेका छन् भने त्यसमा भिनेगर र पानी मिसाएर छर्कनुपर्छ । पातको पछिल्लो भागमा किरा भेटिए निमको तेल छर्किनुपर्छ । यदि अति संवेदनशील बिरुवा छ भने बिरुवालाई सफा पानी र प्लान्टवासले धुनुपर्छ । त्यसपछि किरा नमरुन्जेल सम्म नयाँ बिरुवाभन्दा टाढा आइसोलेसनमा राख्नुपर्छ ।

बिरुवाको पातलाई धूलो रहित बनाउने
हामीले चासो दिएर नहेरेको हुन सक्छौ तर घरभित्र लगाइने बिरुवाले पात र काण्डमा प्रशस्त मात्रामा धूलो जम्मा गरेको हुन्छ । यसरी जम्मा भएको धूलोले बिरुवालाई प्रकाशबाट प्राप्त हुने पोषक तत्त्व प्राप्तिबाट वञ्चित गराउँछ । बिरुवाको वृद्धि र विकासको लागि नभई नहुने प्रकाशको जाडो मौसममा यसै पनि बिरुवालाई कमी भएको हुन्छ । त्यसैले बिरुवाको पातलाई स्प्रे, साबुन पानी र सफा तथा नरम कपडाले सफा गरिरहनुपर्छ ।

बिरुवालाई प्रकाशमा राख्ने
प्रायजसो घरभित्र लगाइने सबै बिरुवालाई ५ घण्टाभन्दा बढी प्रत्यक्ष सूर्यको प्रकाशको आवश्यक पर्छ । स्याच भन्छन्, ‘बिरुवालाई पर्याप्त प्रकाश भएको ठाउँमा सार्न स्वतन्त्र महसुस गर्नुपर्छ । बिरुवालाई एक ठाउँबाट अर्को ठाउँमा सार्नु गलत हो भनिन्छ तर यो एउटा मिथ्या मात्र हो । वास्तवमा बिरुवालाई एक ठाउँबाट अर्को ठाउँमा सार्दा त्यो अझ फस्टाउँछ । कम्तीमा पनि दिनको दुई घण्टा सबैभन्दा चर्को घाम लाग्ने ठाउँमा बिरुवालाई राख्नुपर्छ । यसले बिरुवालाई चिसोबाट हुने हानिबाट बचाउँछ ।

बिरुवालाई न्यानोमा राख्ने तर धेरै न्यानो हुन भने नदिने
ढोकाबाट आएको चिसो हावा, झ्याल र अन्य सुक्खा स्थानले बिरुवालाई झट्का दिनेगर्छ । झ्यालका सिसाहरूले बिरुवालाई छुवाउनु हुँदैन । किनभने यो धेरै चिसो हुनेगर्छ । झ्याललाई खुल्ला नराखेमा बिरुवामा न्यानोपन भइरहन्छ । फेरी बिरुवालाई प्रत्यक्ष तापको स्रोत जस्तैः हिटर, भेन्ट्स, आगोको छेउमा राख्नु भने हुँदैन । बिचार पुर्‍याउनुपर्छ की बिरुवालाई धेरै चिसो पनि नहोस् र धेरै तातो पनि नहोस् । घरभित्रको तापक्रम ६० देखि ७० डिग्री फरेनहाइट हुँदा बिरुवा राम्रोसँग हुर्किन पाउँछ ।

बिरुवामा पानी हाल्न कम गर्ने
जाडो मौसममा चिसो हावा चल्ने भएकाले बिरुवालाई धेरै पानीको आवश्यकता पर्दैन । कम ताप र प्रकाशको माध्यमले बिरुवामा पानी सार्न र वाष्पीकरण गर्न मद्दत गर्छ । त्यसैले धेरै पानीको आवश्यकता पर्दैन । जाडो मौसममा हप्तामा एक पटक मात्र पानी राख्दा पनि हुन्छ । तर बोट र पात सुकिरहेको छ भने चाही पानी आवश्यक पर्छ । बिरुवामा सुक्खा भएको छ की छैन जाँच गर्न बिरुवा रोपेको स्थानको ओस जाँच गर्न सकिन्छ ।

थोरै मल राख्ने
जाडो मौसममा कम प्रकाश र कम पानी हुने भएकाले बिरुवामा वृद्धि पनि कम नै हुन्छ । त्यसैले जाडोमा जति मल राखे पनि राम्रो नतिजा आउँदैन । वसन्त र गर्मी यामको तुलनामा थोरै मल राखे पुग्छ ।

बिरुवालाई अर्को गमलामा नसार्ने
जाडो याममा सकेसम्म बिरुवालाई अर्को भाँडो वा गमलामा सार्नु हुँदैन । यदि जाडोमा बिरुवाको भाँडो परिवर्तन गरेमा बिरुवा मर्ने सम्भावना धेरै हुन्छ । बिरुवा अर्को भाँडोमा सार्नको लागि अप्रिल र मार्च महिना उपयुक्त मानिन्छ ।

सिएनएनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *