टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौँ । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ ।

चैत्र कृष्ण औँसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । सो जात्राको समारोहमा सेनाहरू घोडाचढी विभिन्न कला प्रदर्शन गरेका छन् । यस समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो ।

टुँडिखेल पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको कथन छ । यस जात्राको अवसरमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायाम लगायतको प्रदर्शन गरेका छन् ।

उपत्यकाकै अर्को जिल्ला ललितपुरमा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *