‘बिस्काः जात्रा’ : श्रीभैरवनाथको रथ निर्माण अन्तिम चरणमा (तस्बिरहरु)

काठमाडौँ । चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध ’बिस्काः जात्रा’को तयारी तिब्ररुपमा अघि बढेको छ ।

’बिस्काः जात्रा’ का लागि श्रीभैरवनाथको रथ निर्माण कार्य पनि करिब अन्तिम चरणमा पुगेको छ । बिस्काः जात्राको लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय कालिगडहरू जुटिरहेका छन् ।

८ रात ९ दिनसम्म मनाइने यो जात्रा काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये एक हो ।

लिच्छवीकालदेखि सुरु भएको यो ऐतिहासिक जात्रा बिक्रम संवतको नयाँ वर्षको चार दिनअगाडि मनाईन्छ । जात्राको पहिलो दिन श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *