सेतो मत्स्येन्द्रनाथको रथ निर्माण (तस्बिरहरु)

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ निर्माण गर्न थालिएको छ ।

सेतो मत्स्येन्द्रनाथ रथ व्यवस्थापन समितिले जात्राका लागि विभिन्न तयारी गर्दै रथ पनि निर्माण गरेको छ ।

सेतो मत्स्येन्द्रनाथको जात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरव अघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मत्स्येन्द्रनाथको आमाको मन्दिरमा रथ तीन पटक घुमाउने गरिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *