बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी- २०८०’ हुँदै (तस्बिरहरू)

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बागमती ललितकला प्रदर्शनीले बागमती प्रदेशका कलालाई नजिकबाट चिन्ने अवसर पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले बताए ।

उनले यस्ता प्रदर्शनीले संरक्षण तथा प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

समारोहमा नेपाली ललितकलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज कलाकारहरूलाई सम्मान गरिएको थियो । जसमध्ये बाबुराज द्यःला, गौतमरत्न तुलाधर, चन्दा श्रेष्ठ, मिरा भट्टराई, साईला लामा ‘मंगल’, पूर्णप्रसाद ह्योजू, पुष्पाञ्जली शेरचनलाई सम्मानित भए ।

प्रदर्शनीमा समसामयिक चित्रकलारमूर्तिकला, परम्परागत चित्रकलारमूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विविध विधाअन्तर्गतका २१० कलाकारका २४१ भन्दा बढी कलाकृति राखिएको छ । उक्त प्रदर्शनी चैत १६ गतेसम्म चल्ने छ ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *