आकाशको बाटो : बिदेसिने युवाको व्यथा (तस्बिरहरू)

काठमाडौँ । मण्डला थिएटरमा चैत २ गतेदेखि नाटक ‘आकाशको बाटो’ मञ्चन भइरहेको छ । नाटकमा नेपाली समाजको व्याप्त बेरोजगारी र आर्थिक अभावको पिडा देखाइएको छ ।

अवसरका लागि नेपाली युवाहरू बाहिरिने चलन प्रथाकै रूपमा स्थापित हुँदै गएको नाटकमा देखाइएको छ ।

युवा बिदेसिने क्रम बढेसँगै समाजमा निम्त्याएको प्रभाव र परिवर्तनको दस्ताबेजलाई नाटकमार्फत देखाउन खोजिएको छ ।

नाटकको लेखक तथा निर्देशक प्रदीप कुमार चौधरी हुन् ।

उक्त नाटकमा सोहित रावल, सुशन बस्नेत, समस्ती राई , प्रमीला राई , मेलिना चाम्लिङ राई , आकृति के।सी, झरना चोखाल, बिपना बस्नेत , दिया दुमी राई , कृष्ण गुरुङ, कोहिनुर विश्वकर्मा, मञ्जिल श्रेष्ठ , दीपक श्रेष्ठ , विजय तामाङ, मान बहादुर हिराङ साम्पाङ राई, सुशान्त पन्त , जीवन ठाकुर, प्रविन तामाङ, रविन साहशंकर, मनोज केसी, मुकेश पाण्डे, प्रभात आङ्गबो लिम्बु, शीतल वाग्ले को अभिनय रहेको छ।
नाटक चैत १८ गतेसम्म चल्नेछ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *