विवेकशील साझा र अन्य दुई समूहबीच एकता सहमति

काठमाडौँ ।  विवेकशील साझा‚ सिटिजन्स डिसकसन फोरम र जनता दरबार पार्टीबीच एकता गर्ने सहमति भएको छ ।

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकद्वारा आइतबार जारी विज्ञप्तिका अनुसार पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाई बहुमतका साथ एकताको सहमतिपत्रलाई अनुमोदन गरेको छ ।

पार्टीको एकल कार्यकारी अध्यक्षको रुपमा रवीन्द्र मिश्र नै रहने र पार्टीको नामसमेत विवेकशील साझा पार्टी नै रहने बताइएको छ ।

एकताको घोषणा भने छिटै गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *