गृहजिल्लामा घरदैलो गर्दै बाबुराम

गोरखा । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृह जिल्ला पुगेर घरदैलो गर्न थालेका छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनले गोरखाका सबै गाउँपालिका रनगरपालिकामा जनताको घर–घरमा पुग्ने अभियान थालेका हुन् । यो सुज अभियान कार्तिक २२ देखि मंसिर ३ गते सम्म संचालन हुनेछ ।
तल्लो तहका जनताका गुनासा र वास्तविकता बुझ्न र अहिलेको राष्ट्रिय राजनीतिबारे बुझाउन उनी यस्तो अभियानमा निस्केका हुन् । अभियान मंसिर ३ गते बाल्वामा स्वास्थ्य शिविर कार्यक्रम पश्चात टुंगिने छ । सुज अभियानको पहिलो दिनमै भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको स्पष्टीकरण दिए । उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवासमेत गरे ।

अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी थियो । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा (नेकपा) विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे । साम्यवादको अमूर्त कुरालाई छाडेर सबै राजनीतिक पार्टीलाई समाजवादी धारमा लग्नसमेत उनले आग्रह गरे ।
भेटघाटमा भट्टराईलाई स्थानीयले आफ्ना समस्या र सरोकारबारे प्रश्न पनि गरेको उनको सचिवालयले जनाएको छ । गोरखा घ्याल्चोक, तोरी स्वारा बेनिघाट, माझीगाउँका जनताले नछुटाएको प्रश्न थियो, ’बुढीगण्डकी बन्छ कि बन्दैन रु बने कहिले बन्छ रु कुन मोडालिटीमा बन्छ ?’

जवाफमा उनले आयोजनाले गति लिन नसक्नुको प्रमुख कारण ‘कुन मोडालिटीमा बनाउने’ भन्ने टुंगो नलाग्नु रहेको जानकारी गराए । दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने उनको जिकिर थियो ।








